पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

प्रकाशित:

काठमाडौँ। देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार