ब्याक गर्ने क्रममा खोलामा खस्यो जीप, चालकको मृत्यु

प्रकाशित:

काठमाण्डौ। बागलुङको ढोरपाटन नगरपालिका–३ टारीमा आज साँझ जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा ढोरपाटन नगरपालिका–३ पुर्कोट निवासी जीप चालक किसान विकको मृत्यु भएको वडाध्यक्ष खीमबहादुर सुनारले जानकारी दिए ।

टारीस्थित खेतमा धान लिन गएको लु १ च ६९३८ नं को पिकअप जीप ब्याक गर्ने क्रममा सय मिटर तल तमानखोलामा खसेको थियो । जीपमा चालक मात्रै सवार थिए ।

ताजा समाचार

सम्बन्धित समाचार