कञ्चनपुर। कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्।
लम्कीचुहा नगरपालिका-१ तिल्केनी बस्ने २१ वर्षीय टंक बोहरा र २२ वर्षीय पदम न्यौपानेलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पदमको घरमा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।