कञ्चनपुर। दार्चुलामा लागुऔषध खैरो हेरोइनसहित दुई जना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा नौगाड गाउँपालिका-५ बस्ने १९ वर्षीय विरेन्द्र सिंह धामी र सोही गाउँपालिका-४ बस्ने २२ वर्षीय लोकेन्द्र सिंह ठगुन्ना रहेका छन् ।
उनीहरूको साथबाट ९ सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी पोष्ट गोकुलेश्वरबाट खटिएको प्रहरीले बैतडीबाट गोकुलेश्वर दार्चुलातर्फ आउँदै गरेको ग.३ च ३३५१ नम्बरको बोलेरो जिपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी जिपमा सवार विरेन्द्र र जिपका चालक लोकेन्द्रलाई पक्राउ गरेको हो ।