कञ्चनपुर। नेकपा माओवादी केन्द्र कञ्चनपुरमा वडाध्यक्षको उपचुनाव लड्न ६ जना आँकाक्षी देखिएका छन्।
आगामी मंसिर १६ गते भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि हुने उपचुनाव लड्न माओवादी केन्द्रको वडा कमिटीले ६ जनाको नाम सिफारिस गरेको हो।
नानाराम कोली, मोहनसिंह धामी, अम्भादत्त भट्ट, तिलकसिंह ठगुन्ना, जगत नेपाली र कपिल भट्ट सिफारिस भएका छन्।
वडाध्यक्ष महेन्द्र खड्काको निधन भएपछि रिक्त पदपूर्ति गर्न उपचुनाव हुन लागेको हो। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार टुंगो लगाइसकेका छन्।