आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

प्रकाशित:

काठमाण्डौ। आज (बिहीबार) तीन प्रदेशका पहाडी भेगमा वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको हो।

यसबाहेक दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

यसैबीच आज दिउँसो काठमाडौँ उपत्यकामा भने वर्षाको सम्भावना छैन। मौसमचाहिँ आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। रातिलाई कतै वर्षाको सम्भावना देखाइएको छैन।

हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। जसका कारण यतिबेला (बिहीबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।

आंशिक बदली भनेको आकाशमा पातलो पातलो बादल रहे पनि घाम देखिनु हो भने मौसम मुख्यतया सफा भनेको कतै कतै बादल देखिए पनि लगभग आकाश खुला रहनु हो। यस्तै हल्का वर्षा भनेको १० मिलिमिटरभन्दा कम पानी पर्नु हो।

मौसमविद्का अनुसार अहिले नेपालमा पोस्ट मनसुन हो। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ, डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। यसैले दिनप्रतिदिन चिसो बढिरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार