काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तोलामा तीन सय रुपैयाँले बढेर १ लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।
मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।