ड्युटी सकेर फर्किने क्रममा कार्यालयको भर्‍याङबाट लडेर प्रहरी हवल्दारको मृत्यु

प्रकाशित:

काठमाडौं। संखुवासभामा ड्युटी सकेर फर्किने क्रममा लड्दा एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ।

असोज २९ गते खाँदबारी नगरपालिका-१ बसपार्कमा ड्युटी सकेर कार्यालयमा सञ्चार सेट बुझाएर फर्किने क्रममा लडेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार उनी कार्यालय भवनको पहिलो तलाको भर्‍याङबाट अचानक लडेर घाइते भएका थिए।

उपचारको लागि नोबेल मेडिकल कलेज टिचिङ विराटनगरमा लगिएको थियो।

कात्तिक १७ गते थप उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगन्जमा लैजाने क्रममा बाटोमै मृत्यु भएको कार्यालयले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार