बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँस्थित पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिरनजिकै मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सुर्खेत गुर्भाकोट नगरपालिका-९ बोटेचोरका ३२ वर्षीय अर्जुन कार्कीले चलाएको कप्र –०२००२ प ०६६० नम्बरको मोटरसाइकलले साइकल यात्रुलाई ठक्कर दिँदा मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट ५० वर्षीया मोती थारुको मृत्यु भएको हो । थारुको टाउकोमा गहिरो चोट लागेको थियो ।

जिल्ला अस्पताल, गुलरियामा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी ऋषीराम घर्ती मगरले बताए ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।