गाईको हत्या गरेर ७ क्विन्टल मासु गाडीमा लोड, समातिए यी ५ जना

प्रकाशित:

काठमाडौँ। बाँके प्रहरीले गाईको मासुसहित ५ जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २०, नयाँबस्तीबाट प्रहरीले सोमबार बिहान ७ सय किलो गाईको मासुसहित ५ जनालाई पक्राउ गरेको हो।

जानकी गाउँपालिका वडा नम्बर ५, बुढियागाउँमा गाई काटेको आशंका गरिएको छ। भे १ ज ३८९ नम्बरको म्याजिक भ्यानमा राखेर ल्याउँदै गर्दा प्रहरीले मासु बरामद गरेको थियो।

प्रहरीले भ्यान चालक खजुरा-८, चमकदारपुरका ईस्माइल जोलाह, अहमद्दिन खान, जाविद र जानकी-५, बुढियागाउँका सफिक आलम पठान र एसानु खानलाई पक्राउ गरेको हो।

बाँके प्रहरीले माथिको आादेश भन्दै घटनालाई गोप्य राखेको छ । “मिडियाबाजी नगरौं, हामी दोषीलाई कानुन अनुसार कारबाही गर्छौं,” प्रहरी उच्च स्रोतले भन्यो।

ताजा समाचार

सम्बन्धित समाचार