दुई जीप आपसमा जुधेर सडकबाट तल खस्यो

प्रकाशित:

गुल्मी। गुल्मीमा जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

जिल्लाको सत्यवती गाउँपालिकाको जुनिया स्थित भार्से–खैरेनी सडक खण्डमा ग १ च ४६६७ नम्बरको डबल क्याप जीप र विपरीत दिशाबाट आउँदै गरेको लु १ च ५५९६ नम्बरको बोलेरो जीप एकआपसमा ठोक्किएका थिए ।

जसबाट खैरेनीबाट जुनियाँ तर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो।

दुर्घटनामा सवारी चालक ४४ वर्षीय ओमबहादुर सार्की र ४५ वर्षीय रोमबहादुर बिकको हातखुट्टामा चोट लागेर घाइते भएका हुन्।

उनीहरूको स्थानीय जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र खैरेनीमा सामान्य उपचार भइरहेको छ। थप उपचारका लागि पाल्पा पठाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार