भाटभटेनी सुपरमार्केटमा महानगरले चलायो डोजर

प्रकाशित:

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा डोजर चलाएको छ ।

नदी किनारा अतिक्रमण गरी भौतिक संरचना बनाएको भन्दै शुक्रबार डोजर प्रयोग गरी अवैध संरचना भत्काएको हो ।

यसअघि नै महानगरले सो संरचना हटाउन सूचना जारी गर्दा आफैँ हटाउने भनेर नहटाएपछि महानगरले खोला किनारा खोज्ने काम गरेको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले बताए ।

भाटभटेनीले कब्जा गरेको खोला किनार खुला गरी करिडोर सडक बनाउने तयारी रहेको शाहले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार