काठमाडौँ। सहकारी ठगी तथा संगठित अपराध आरोपमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा राखिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ ।

२ कात्तिकमा काठमाडौंको वनस्थलीस्थित पार्टी मुख्यालयबाट पक्राउ परेका उनीमाथि अनुसन्धान गर्न यसअघि प्रहरीले कास्की अदालतबाट ६ दिन म्याद लिएको थियो ।

सभापतिविरुद्धको अनुसन्धानलाई सरकारी प्रतिशोधका रूपमा अर्थ्याउँदै रास्वपा सम्पूर्ण बल लगाएर आन्दोलनमा छ । अबको प्रदर्शनलाई उसले पोखराबाट काठमाडौंकेन्द्रित बनाउने बताएको छ ।

रास्वपाका समर्थकहरूले नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने स्वतन्त्रहरूबाट समेत रविको पक्षमा समर्थन खोजिरहेका छन् । खासगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले रविको पक्षमा बोलिदिऊन् भन्ने उनीहरूको चाहना छ ।
त्यसैले सोसल मिडियामा उनीहरू बालेनले रवि पक्राउको विरोध गरेको भनी पोस्ट फैलाइरहेका छन् । सम्पादन गरेर बालेनकै पेजबाट पोस्ट भएको जस्तो बनाई शेयर भइरहेको स्टाटसमा भनिएको छ, ‘रविलाई पक्राउ गर्नु न सहकारीलाई न्याय दिन हो, न भ्रष्टाचारको अन्त्य गर्न । रविको पक्राउ त भ्रष्टाचारविरुद्ध बोल्नेलाई तह लगाउन हो । व्यापारी, दलाल पत्रिका र भ्रष्टको विरुद्ध बोल्नेको हालत कस्तो हुन्छ भनेर देखाउन हो । आखिर कहिलेसम्म सक्नुहुन्छ पत्रिका किनेर व्यापारीसँग मिलेर जनता झुक्याउन रु कति, कति रु अन्त्यमा रविले गल्ती नै गरेको भए पनि तपाईं पुरानो भ्रष्टभन्दा चैँ ९० प्रतिशत राम्रो नै हुनुहुन्छ ।’
शैली पनि उस्तै अनि त्यसमाथि बालेन प्रधानमन्त्री केपी ओलीप्रति समेत आक्रोशित रहेकाले उक्त स्टाटस बालेनले नै लेखेको भनेर धेरैले विश्वास गरेको देखिन्छ । तर, वास्तवमा त्यो बालेनको पेजबाट शेयर भएको पोस्ट होइन ।
बालेनका स्वकीय सचिव भूपदेव शाहले त्यस्ता भ्रमपूर्ण पोस्ट नबनाउन र शेयर नगर्न आग्रह गरेका छन् ।