डडेल्धुरामा एक व्यापारी बेपत्ता, नदी किनारमा भेटियो लगाएको कपडा

प्रकाशित:

डडेल्धुरा। डडेल्धुराका एक व्यवसायी बेपत्ता भएका छन् । सोमबार बिहानबाट परशुराम नगरपालिका– ५ परीगाउँका व्यवसायी अन्दाजी ५३ वर्षीय खेम सिंंह प्वाली बेपत्ता भएका हुन् ।

उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । खोजी गर्ने क्रममा बेपत्ता प्वालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको प्रहरी जनाएको छ ।

उनले नदीमा हामफालेको आशंका रहेकाले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा प्रहरीले खोजी कार्य तिव्र पारेको बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार