भीमदत्त-६ मा हुने उपनिर्वाचनका लागि कांग्रेसबाट को-को भए सिफारिस ?

प्रकाशित:

कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका–६ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले बिहिबार सम्म उम्मेदवारको नाम सिफारिस गर्ने बताएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कांग्रेस वडासमितिले निर्वाचन क्षेत्र नं.३ को क्षेत्रिय समितिलाई उम्मेदवारको नामावली सिफारिस गर्ने भएको हो ।

कांग्रेसका वडा समिति सभापति प्रकाश चन्दले एक दुई दिनभित्र वडा समिति बैठक बसेर उम्मेदवारका नामावली क्षेत्रीय समितिमा सिफारिस गरिने बताए । काँग्रेसमा वडा सभापति चन्द सहित कमलराज चटौत, पत्रकार हरिश भट्ट, समरजंग चन्द, शिवराज भट्ट (एसआर) लगायतका व्यक्तिहरु वडा अध्यक्षको उम्मेदवारमा आकांक्षी देखिएका छन ।

उपनिर्वाचनका लागि नेकपा एमालेले भने यसअघि नै उम्मेदवार सिफारिस गरिसकेको छ । एमाले वडा कमिटिले जिल्ला कमिटी सदस्य राजेन्द्र आग्री र पूर्व शिक्षक बहादुर चन्दको नाम नगर कमिटीमा सिफारिस गरेको छ ।

काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष महेन्द्र खड्काको गत वर्ष निधन भएपछि मंसिर १६ मा उपनिर्वाचन हुन लागेको हो । २०७९ को स्थानीय तह निर्वाचनमा काँग्रेसका खड्काको प्यानल निर्वाचित भएको थियो ।

यो पनि :

ताजा समाचार

सम्बन्धित समाचार