दीर्घायुका लागि व्रत बस्ने दिन, पतिलाई खुवाइन् झुक्याएर विष!

प्रकाशित:

काठमाडौँ। भारतमा ‘करवाचौथ’का दिन महिला आफ्ना श्रीमान्‌को निर्जला व्रत बस्ने परम्परा छ। तर भारतीय राज्य उत्तर प्रदेशको कौशाम्बी जिल्लामा भने त्यही व्रत बस्ने दिन आइतबार राति एक महिलाले आफ्ना पतिलाई विष खुवाएर मारेकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना नगर पञ्चायत दारानगर–काडा धामको लालबहादुर शास्त्री नगर ९इस्माइलपुर० को हो।

स्थानीय ३२ वर्षीय शैलेश सरोज राजगिर र उनकी पत्नी सविताबीच दिनहुँ झगडा भइरहन्थ्यो। यसै क्रममा आइतबार अर्थात् ‘करवाचौथ’का दिन पनि दुईजनाबीच झगडा भइरहेको थियो। यसपछि सविताले त्यस राति पतिलाई खानेकुरामा विष मिसाएर दिइन्।

त्यो खाएपछि शैलेश बिरामी परे। खबर पाएलगत्तै परिवारका सदस्यले शैलेशलाई तत्काल इस्माइलपुर सामुदायिक स्वास्थ्य केन्द्र लगे। जहाँ उपचारका क्रममा केही समयमै उनको मृत्यु भयो।

घटनापछि सविता घर छाडेर भागेकी थिइन् तर पछि उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार