बसको ठक्करले युवकको मृत्यु, आक्रोशित स्थानीयले गरे आगजनी

प्रकाशित:

विराटनगर। झापाको कमल गाउँपालिकामा बसको ठक्कबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् ।

कमल–५ पाडाजुंगी चोकमा शनिबार दिउँसो यात्रुवाहक बसले मोटर साइकललाई ठक्कर दिएको थियो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ९ख० ३४३५ नम्बरको यात्रुवाहक बसले उतैबाट आउँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दका अनुसार, मृतक अन्दाजी ५० वर्षीय पुरुष हुन् ।

मोरङ घर बताइएको उनको पहिचान खुल्न बाँकी छ ‌ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार, बसले करिब १०० मिटर परसम्म मोटरसाइकललाई घिसार्दै लगेको थियो ।

बसका चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयले बसमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार