रविको नयाँ नाटक पनि सुपरफ्लप हुन्छः सूर्य थापा

प्रकाशित:

काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेको पक्राउलाई लिएर भएको विरोधप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले पक्राउको विरोध हुनुलाई नाटकको संज्ञा दिएका छन् ।

नयाँ नाटक सुपरफ्लप हुने दाबी गर्दै उनी लेख्छन्– ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ–‘प्रतिशोध !’ सुपरफ्लप हुने बाटो(प्रतीक्षा गरौँ ।

थापा नेतृत्वको सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले नै रविलाई सहकारीको पैसा गोर्खा नेटवर्कमा ल्याएपछि भएको खर्च गर्नमा जिम्मेवार ठहर गरेको थियो ।

सामाजिक सञ्जालमा यस्तो लेख्छन् थापा–

ताजा समाचार

सम्बन्धित समाचार