मदिरा सेवनपछि बाबु–छोराबीचको विवादमा जब छोराले आफ्नै पेटमा चक्कु हाने…

प्रकाशित:

दाङ। पेटमा चक्कु प्रहार गर्दा दाङको बबई गाउँपालिका-४ मा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा २८ वर्षीया अनिल तामाङ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रकाश थापाले जानकारी दिए।

बुबासँग विवाद भएपछि तामाङले पेटमा चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार तामाङले मदिरा सेवन गरेर बुबासँग विवाद भएको थियो।

चक्कु प्रहारबाट घाइते भएका अनिललाई राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारका लागि लगिए पनि उनको आज बिहान ११ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार