ब्राजिलमा अस्ताए दुर्गा, शव नेपाल ल्याउने प्रतिबद्धता

प्रकाशित:

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले ब्राजिलमा ज्यान गुमाएका एक नेपालीको शव छिटो नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

ब्राजिलमा ज्यान गुमाएका दाङको तुलसीपुर–१८ का दुर्गा डाँगीको शव छिटो नेपाल ल्याउन पहल गर्ने पोखरेलले प्रतिबद्धता जनाएका हुन् । मंगलबार बिहान महासचिव पोखरेलले मृतक डाँगीका परिवारलाई भेटेर शव नेपाल ल्याउन प्रयत्न गर्ने प्रतिबद्धता जनाएका हुन् ।

ब्राजिलमा शरणार्थीका रूपमा रहेका बेला बिरामी परेपछि उनको १२ दिनअघि उपचारका क्रममा ज्यान गएको थियो । उनको शव अझै नेपाल ल्याउन सकिएको छैन ।

डाँगीको शव नेपाल ल्याउन कन्सुलर विभाग र परराष्ट्र मन्त्रालयमा आवश्यक पर्ने कागजपत्र तयारीमा आवश्यक सहयोग गरिदिन पोखरेलले तुलसीपुर–१८ का वडाध्यक्ष माधव वली र नगर प्रमुख टीकाराम खड्कालाई आग्रह गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार