घुमुवा प्रहरी भन्दै रकम असुली, साथमा भेटियो लागुऔषध

प्रकाशित:

काठमाडौं। रौतहटमा घुमुवा प्रहरी हुँ भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार राति साढे ९ बजे परोहा नगरपालिका-२ बस्ने ३५ वर्षीय सुनिलकुमार बैठालाई पक्राउ गरेको हो।

उनले घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधरणसँग रकम असुल गर्न खोजेको, विभिन्न व्यक्तिहरूको जिउ तलासी लिएको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जिङगड्वा रौतहटबाट खटिएको टोलीले परोहा-२ लालबकैया पुलबाट पक्राउ गरेको हो।

उनले बोकेको झोलाबाट १७ हजार ९३५ रुपैयाँ, लागु औषध नाइट्राभेट १० पिस, २२ पुरिया गाँजा ९२०० ग्राम० एउटा मोटरसाइकल लगायत बरामद भएको हो। उनलाई कार्यालयले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार