गुलरियामा गोली प्रहार, एक घाइते

प्रकाशित:

बर्दिया। बर्दिया सदरमुकाम गुलरिया-८ स्थित नेपाल भारत सिमानामा आइतबार राति गोली प्रहार हुँदा एक जना घाइते भएका छन्।

करिब ७ बजे खेतमा काम गरि रहेको समय उनी माथि गोली प्रहार भएको सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जनाएको छ ।

गोली लागेको घटना राति ८ बजे प्रहरीलाई आफन्तले जानकारी गराएका थिए । घाइतेको उपचार जिल्ला अस्पताल गुलरियामा पुराइएको थियोे ।

उपचार त्यहाँ सम्भव नभएपछि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालले जनाए ।

गोली कसले चलायो अनुसन्धान भइ रहेको छ । घाइते व्यक्तिले भारतीय वनकर्मीले चलाएको बयान दिएका छन् ।

उनको ढाडमा गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार