तनहुँ। दसैँ मान्न ससुराली आएका ज्वाइँको मादी नदीमा डुबेर मृत्यु भएको छ ।

गैँडाकोट २ घर भई व्यास नगरपालिका–६ स्याम्घा ससुराली आएका ४० वर्षीय नारायण पोखरेलको आज बिहान मादी नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनको शव नुहाएको ठाउँभन्दा एक किलोमिटर टाढा भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार नुहाउने क्रममा उनी भूमरीमा परेका थिए ।