१५ जना सवार जिप दुर्घटना

प्रकाशित:

बुटवल। बुटवलबाट गुल्मी शान्तिपुर जाँदै गरेको जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बुधबार बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ज २०८८ नम्बरको जिप सत्यवती गाउँपालिका १, कुडालीमा आफैँ अन्यन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी जिपमा सवार सबै १५ जना घाइते भएका रार्जमाग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक कृष्ण सुनारले जानकारी दिए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम र तीन जनाको अवस्था सामान्य रहेको सुनारले बताए ।

बागलुङको बरेङडाँडा गाउँपालिका ३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर छ ।

ताजा समाचार

सम्बन्धित समाचार