दार्चुला। दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
शैल्यशिखर नगरपालिका–७ बोहरीगाँउकी ६५ वर्षीया धौली देवी जोशीको भिरबाट लडेर उपचारका लागि धनगढी लैजाँदै गर्दा डडेल्धुराको भात्काँडामा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार घर नजिकैको खरफागलामा खर काट्ने क्रममा जोशी भिरबाट लडेर गम्भिर घाइते भएकी थिइन्। मृत्तक जोशीका श्रीमान, छोरा, बुहारी छन् ।