शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कसरी मर्‍यो हात्ती ?

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ ।

निकुञ्जको पूर्वी दक्षिणी क्षेत्र पडाउ जङ्गलमा गर्भवती हात्ती मृत फेला परेको हो ।

शुक्रबार दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा जङ्गलमा हात्ती मृत फेला पारेको निकुञ्ज कार्यालयले जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी मनोज ऐरले दिउँसो मृत फेला परेको हात्ती बच्चा जन्माउन नसकेर मरेको बताए ।

‘हामीले हात्ती मृत फेला परेको स्थानको वस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ, ‘उनले भने।

ताजा समाचार

सम्बन्धित समाचार