कञ्चनपुर। कञ्चनपुरमा साढे तीन लाख बराबरको अवैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–४ भाँसी र चौकीसत्ताबाट अवैध सामान बरामद गरिएको हो।

भारतबाट भन्सार छलि गरि ल्याएको ३ लाख ४७ हजार १ सय २ रुपैया बराबरको प्याज, जुत्ता, चप्पल, प्लाष्टिक झिल्ली, पटाका, हाडबेयर, कस्मेटिक, किराना लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
