निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष भट्टलाई सम्मान

प्रकाशित:

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्ट सम्मानित भएका छन् । बैतडीको पुर्चौडी नगरपालिकाले बिहीबार अध्यक्ष भट्टलाई सम्मान गरेको छ ।

नगरपालिकाको प्रशासकीय भवन निर्माण उद्घाटन कार्यक्रममा अध्यक्ष भट्टलाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अध्यक्ष भट्टलाई सम्मान पत्र प्रदान गरे । अध्यक्ष भट्टले नगरपालिकाको प्रशासकीय भवन निर्माण गरेका हुन् ।

भट्टको वार.आर. कन्स्ट्रक्सन प्रा.लि.ले भवन बनाएको हो । अध्यक्ष भट्ट निर्माण कम्पनीका प्रबन्धनिर्देशक हुन्।

नगरपालिकाले भवन निर्माणको ठेक्का लिएको निर्धारित अवधिभित्र सन्तोसजनक रुपमा निर्माण कार्य पूरा गरेको भन्दै अध्यक्ष भट्टलाई सम्मान गरिएको हो ।

पुर्चौडीका मेयर दिपक बहादुर बमको अध्यक्षतामा कार्यक्रम गरिएको छ । अध्यक्ष भट्टले यस अघि पनि विभिन्न सरकारी निकायको भवन निर्माणमा सन्तोसजनक कार्य गरेको भन्दै सम्मान पाइ सकेका छन् ।

महेन्द्रनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय भवन निर्माणमा पनि भट्टलाई सम्मान गरिएको थियो ।

भीमदत्त नगरपालिका १५ गोबरैयाका भट्ट निर्माण व्यवसायीका साथै समाजसेवा,सडक दुर्घटना न्यूनीकरण, शैक्षिक गतिविधि लगायतका कार्यमा सक्रिय छन् ।

उनी गोबरैयाथित निङ्गलाशैनी माध्यमिक विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष छन् । अध्यक्ष भट्टले दुई वर्ष अघि जनसेवा श्री पदक पाएका थिए ।

पुर्चौडी नगरपालिकाले सम्मान प्रदान गरेपछि उनले आफूलाई निर्माण क्षेत्रमा कार्य गर्ने थप हौसला मिलेको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार