काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।
शाहले सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने उनको सचिवालयले जनाएको छ।
शाहको सचिवालयका संवादसचिव फणिराज पाठकका अनुसार, शाह र उनकी पत्नी कोमलले सर्वसाधारणलाई टीका लगाइदिने छन्।
पूर्वराजा शाह हाल भुटान भ्रमणमा छन्। उनी फूलपातीअघि नै स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।