शौचालय गएका बेला साढे ६ वर्षकी बालिकामाथि बलात्कार

प्रकाशित:

काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता–पूर्व) मा साढे ६ वर्षकी बालिकामाथि शौचालय जाँदा बलात्कार भएको घटनामा मुद्दा दर्ता भएको छ। सोमबार (असोज १४) सरकारी वकिल कार्यालयले बयान सकेर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दा दर्ता भएपछि सरकारी वकिल कार्यालयले उक्त बयान सार्वजनिक गरेको छ।

सरकारी वकिल कार्यालयले सार्वजनिक गरेको बयानमा ६ वर्ष ७ महिनाकी बालिकामाथि १४ वर्षीय बालकले बलात्कार गरेको सरकारी वकिल कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

यो घटना भदौ २६ गतेको हो। नवलपरासीकी बालिका देवचुली ९परिवर्तित नाम० साँझको खाना खाएर साढे ८ बजेतिर कोठा नजिककै शौचालय गएकी थिइन्।

उनकी आमा सगरमाथा (परिवर्तित नाम) खानापछिको घरधन्दामा व्यस्त भएकाले नजिककै हो भनेर देवचुलीलाई एक्लै जान दिइन्।

‘पिसाब फेर्न गएकी छोरी १५/२० मिनेटसम्म नफर्किएपछि किन यतिधेरै समय लगाई भनेर वल्लोपल्लो कोठामा सोधेँ,’ सगरमाथाले सरकारी वकिल कार्यालयमा बुझाएको बयानमा भनेकी छन्, ‘वल्लोपल्लो कोठामा होला भनेर धन्दा नसकुन्जेलसम्म यादै गरिनँ। त्यहाँ पनि नभएपछि आत्तिएर वरपर खोजे।’

उनले बयानमा भने अनुसार उनले वल्लोपल्लो कोठादेखि तलमाथि सबैतिर हेरिन्। उनी घरभित्र नभेटिएपछि वरिपरि खोज्नेक्रममा घरनजिककै कुखुराको खोर टहरोमा पुगिन्। त्यहाँ सगरमाथा पुग्दा बालकहरूलाई देखिन् र सोधिन्–‘यति राति तिमीहरू किन यहाँ आएको ? बालकहरू केही नबोली त्यहाँबाट गए।’

त्यहीँभित्र सगरमाथाले देवचुलीलाई पनि देखिन्,र कोठामा लिएर आइन्। कोठामा पुग्नसाथ देवचुली रून थालिन्। उनी रोएको देखेर सगरमाथाले सोधपुछ गरिन्। देवचुलीको कुरा सुनेर आफू आत्तिएर बेहोस नै भएको बयानमा भनेकी छन्।

‘शौचालयबाट बाहिर कोठामा जान लाग्दा हातमा समाएर घिसारी ट्वाइलेटदेखि कुखुरा खोरसम्मा तान्दै लग्यो। त्यहाँ मलाई लुगा खोलेर मुखमा चुम्मा खाने र छातीमा समाएर कट्टु खोली नराम्रो गर्‍यो,’ देवचुलीले बयानमा भनेकी छन्, ‘दुखेर कराउन खोज्दा मुख थुनिदिनुभयो।’

देवचुलीले आफूमाथि भएको घटनाको प्रकृति बताएपछि बलात्कार भएको भनेर ठम्याउन सगरमाथालाई धेरै समय लागेन। उनी त्यो दिन आसपासका मानिसहरूलाई बोलाएर छोरीमाथि भएको घटनाबारे सबैलाई सुनाइन्। छिमेकीले पनि प्रहरीकोमा जान आग्रह गरे।

‘त्यो दिन राति भएकाले प्रहरीकोमा नजाने सल्लाह दिए,’ उनले बयानमा भनेकी छन्, ‘छोरीलाई रातिभरी अंगालो हालेर रोइरहेँ। रात पनि वर्षौंजस्तो लाग्यो।’

२७ गते बिहानै छोरीमाथि बलात्कार भएको भन्दै सगरमाथाले प्रहरीमा उजुरी दिइन्। सोही दिन मुद्दा दर्ता भयो र, बालकविरूद्ध पक्राउ पुर्जी जारी भयो।

सगरमाथाले पनि छोरीले भनेअनुसार नै सरकारी वकिल कार्यालयमा बयान दिएकी छन्। यस घटनामा प्रहरी अनुसन्धानमा पनि देवचुलीमाथि बलात्कार भएको तथ्यंहरू फेला परेको छ।

यस घटनामा देवचुलीको घर नजिककै १४ वर्षीया बालक (नवलपुर)ले प्रहरीले पक्राउ गरेको छ। नवलपुर कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्।

उनले बयानमा भनेअनुसार देवचुली र नवलपुर एउटै स्कूलमा पढ्छन्। दिउँसो स्कूलमा खाना खाँदा पेट दुखेकाले शौचालय गई आउँदा देवकुमारी त्यहीँ उभिएकी थिइन्। देवकुमारी कुखुराको खोरतिर दौडिँदै गइन्। उनीसँगै आफू पनि दौडिँदै गएको बताएका छन्।

‘खोरमा पुगेपछि कट्टु खोलेर चलाउँदै गर्दा देवचुलीको आमा बोलाउँदै आएकाले लुकेकी हुँ,’ नवलपुरले बयानमा भनेका छन्।

प्रहरीले दुवै पक्षको बयान र तथ्यंहरूबाट बालिकामाथि बलात्कार भएको पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीले अनुसन्धान कार्य सकेर असोज १४ गते सोमबार जिल्ला अदालमा मुद्दा दर्ता गराएको छ।

जिल्ला प्रहरीले नवलपुरले देवकुमारीलाई यौन सन्तुष्टि प्राप्त गर्नका लागि बलात्कार गरेको प्रतिवेदनमा उल्लेख गरेको छ। प्रहरी अनुसन्धानमा देवकुमारीमाथि बलात्कार भएको पुष्टि गर्दै कानुनी कारबाहीका लागि माग राखेको छ।

ताजा समाचार

सम्बन्धित समाचार