काठमाडौं । हवाई चाप बढेसँगै घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडान हुने भएको छ ।
बाढी पहिरो तथा चाडपर्वका कारण बढ्दो हवाई चापलाई सम्बोधन गर्दै बिहीबार (घटस्थापना)देखि पूर्णिमासम्म रात्रिकालीन उडानको अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत सम्पूर्ण विमानस्थलहरूबाट रात्रिकालीन उडान हुनेछन् ।
सम्पूर्ण विमानस्थलहरू बिहान ४:३० बजेदेखि राति १२ बजेसम्म (आवश्यकता अनुसार थप हुने) सञ्चालनमा आउने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।