कञ्चनपुर। कैलालीमा भीरबाट खसेर एक बालक गम्भीर घाइते भएका छन्।
जिल्लाको मोहन्याल गाउँपालिका–४ शान्ति टोल बस्ने १५ वर्षीय महेश भट्टराई सुम्रेखाले भिरबाट खसेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी कबिन्द्रसिंह बोहोराले बाख्रा चराउन गएका बेला भट्टराई भीरबाट खसेको बताए ।
गम्भीर अवस्थामा धनगढी पुगाइएका उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।