भीमदत्तको ६ नं. वडामा उपनिर्वाचनको सर्गर्मीः पार्टीबाट यी हुन् अध्यक्षका आकांक्षी

प्रकाशित:

महेन्द्रनगर । आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ता सुरु हुने भए संगैं देशभर जस्तै कञ्चनपुरमा पनि उपनिर्वाचनको सर्गर्मी बढेको छ ।

२०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचितमध्ये ३४ पद रिक्त रहेका छन् । नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष गरी रिक्त रहेका ३४ पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँने भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ६ का वडाध्यक्ष महेन्द्र खड्का निधन भएपछि उक्त पद रिक्त हुँदा भीमदत्तमा उपनिर्वाचन हुने भएको हो । आयोगले आगामी मंसिर १६ गते स्थानीय तह सदस्यको उपनिर्वाचनकालागि मिति तय गरेपछि भीमदत्तमा विभिन्न दलहरुबाट वडा अध्यक्ष पदको उम्मेदवारका आकांक्षीहरु देखिन थालेका छन् ।

कम्युनिष्टको किल्लाको रुपमा चिनिने भीमदत्तको ६ नं. वडामा गत निर्वाचनमा नेपाली कांग्रेसका खड्काले बाजी मारेका थिए । यद्यपी त्यतिबेला एमाले टुक्रिएर पनि कांग्रेसलाई चुनाव जित्न सजिलो भएको जानकारहरुको दाबि छ ।

उपनिर्वाचनबाट भीमदत्त–६ लाई कम्युनिष्टको किल्ला अझैपनि यथावत् राख्नका लागि वामपन्थी ‘एलायन्स’ गरिनुपर्ने प्रस्ताव राखिदै आएको नेकपा एकिकृत समाजबादी कञ्चनपुरका सचिव हर्क सिंह धामीले बताए । ‘६ नं. वडा पहिलेदेखि कम्युनिष्टको किल्ला हो, किल्ला जोगाउनकालागि वामपन्थी एकता हुँनु जरुरी छ ।’ उनले भने, ‘एमालेले सच्चिएर आयो भने वामपन्थी एकता हुन्छ, हाम्रो उम्मेदवार जित्छ ।’

वामपन्थी एकता सम्भव नभएको खण्डमा समाजवादी मोर्चाको (माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव निकट नेकपा) साँझा उम्मेदवार उठाउने सचिव धामीले बताए । त्यो समेत हुँन नसकेमा नेकपा एसले आकांक्षीहरुबाट उम्मेदवार तय गर्ने उनले बताए ।

पछिल्लो समय वडामा अध्यक्षको उम्मेदवारका आकांक्षीहरु गाउँ–टोल संगैं आफ्नो पक्षमा माहोल सिर्जना गर्न नेताहरुलाई रिझाएर टिकट आफ्नो पक्षमा ल्याउन रस्साकसी गर्न थालेका छन् ।

वडामा नेपाली कांग्रेस र नेकपा एमाले अहिले मुख्य प्रतिस्पर्धी दलको रुपमा देखिएका छन् ।

गत निर्वाचनमा जितेको वडालाई नगुमाउने र बर्चस्वकायम गर्ने पक्षमा कांग्रेस लागेको छ भने कम्युनिष्टको अखडा (किल्ला) रहेको वडालाई जसरी पनि जित्नै पर्ने दवावमा एमाले छ । भीमदत्त–६ मा निकै रोचक एवं प्रतिस्पर्धात्मक चुनाव हुँने देखिन्छ ।

यस्ता छन् वडाध्यक्षका आकांक्षीः
नेपाली कांग्रेसबाट
१. प्रकाश चन्द
२. हरिस भट्ट
३. कमल चटौत
४. समरजंग चन्द

५. शिभराज भट्ट (एस.आर)

६. धन सिंह महरा

नेकपा एमाले बाटः
१.जनक अवस्थी
२. बहादुर चन्द
३. राजेन्द्र आग्री
४. लक्ष्मी भट्ट
५. हरिस बोकटी

समाजवादीबाटः
१. आशा चन्द
२. लक्ष्मी भट्ट
३. लक्ष्मी धामी
४. मोहन सिंह धामी
५. जितेन्द्र चन्द
६. शुसिल चन्द
७. दल बहादुर बोहरा

माओवादी केन्द्रबाटः
समाजवादी मोर्चाबाट उम्मेद्वार छनौट गर्ने तयारी

 

ताजा समाचार

सम्बन्धित समाचार