कञ्चनपुर। बैतडीमा सोमबार राति भीषण आगलागी भएको छ। मेलाली नगरपालिका–६ लामालेक बजारमा आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार राति साढे ११ बजेतिर राम दत्त भट्टले सञ्चालन गरेको महारुद्र फेन्सी स्टोर एण्ड आटा चक्कि खुद्रा पसलमा आगलागी भएको थियो।
आगलागीबाट पसलभित्र रहेका लत्ता कपडा, आटा चक्की, खुद्रा सामान लगायतका सम्पूर्ण सामानहरु गरी अन्दाजी ३५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। मनविय तथा चौपाया क्षति हुनबाट जोगिएको छ।
स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। उता अछामको चौरपाटी गाउँपालिका–३ गगुडामा सोमबार बेलुका आगलागीको घटना भयो।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रसादे साउदको ढुंगा माटोले बनेको खरले छाएको घरमा आगलागी भएको हो।
साउदका ७ वर्षीय छोरा केसले घरमा कोही नभएको अवस्थामा लाइटरले खेल्ने क्रममा आगलागी हुँदा घर तथा घरभित्र रहेका लत्ता कपडा, अन्नपात भाडाकुडा लगायतका सामानहरु जलेर नष्ट भएका छन्।