गड्डाचौकीबाट खैरो हिरोइनसहित २ जना पक्राउ

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–३ का ३० वर्षीय टेकेन्द्र भट्ट र वडा नम्बर ६ का ३० वर्षीय गणेश पाण्डेय रहेका छन्।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो शाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले गड्डाचौकीस्थित नेपाल–भारत सिमानाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुको साथबाट ०.९५ ग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ र पुरोसोविन स्पास लेखिएको ११ क्याप्सुल बरामद गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार