महेन्द्रनगरमा मनाइयो संविधान दिवस

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइएको छ । जिल्ला समन्वय समिति कंचनपुर र भीमदत्त नगरपालिकाको अगुवाइमा महेन्द्रनगर बजार क्षेत्रमा प्रभात फेरि, सरसफाइ र सालघारी स्थित इको पार्कमा वृक्षारोपण सहित विविध कार्यक्रम गरेर आज संविधान दिवस मनाइएको छ ।

संविधान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्रिय समाजकल्याण संघ (एनएनएसडब्लूए) कंचनपुरले समेत वृक्षारोपण कार्यक्रममा प्रमुख भुमिका निर्वाह गरेछ ।

एनएनएसडब्लूए कंचनपुरले भीमदत्त वाटिका उधान (पार्क) र सालघारी स्थित इको पार्कमा पहिले देखि नै वृक्षारोपण कार्यक्रम जारी राखेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार