बेदकोटमा जंगली हात्तीको वितण्डा [फोटो फिचर]

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका–५ मा जंगली हात्तीले क्षति पु-याएको छ। गएराति बस्ती पसेको जंगली हात्तीको बथानले वेदकोट नगरपालिका–५ बिचफाँटाका केही स्थानीयको घर तथा बालीमा क्षति पु-याएको हो।

हात्तीको बथानले खेतको बाली नष्ट गरेको छ। यस्तै, घर र भित्र राखेको अन्नबाली पनि खाएको छ। वेदकोट नगरपालिका ५ का अध्यक्ष चित्रदेव भट्टका अनुसार स्थानीय कृष्ण सार्कीकोे भित्र राखेको ५ बोरा गहु नष्ट गरेको छ। यस्तै, भान्सा र गोठ भत्काएको छ। गोबर ग्यास र पानी टंकी भत्काएको छ।

उनले ३ कट्टा खेतमा लगाएका धान पनि कुल्चेर हात्तीले नष्ट गरेको छ। स्थानीय आकाश डंगौँराको ५ कट्टा खेतको धान, सुनिता सार्कीको ५ कट्टाको धान र १५ कट्टाको मकै बारी, भीम सार्कीको घर भत्काएको हो।

स्थानीय डम्बर सार्कीको घर भत्काएको मकै तथा धानबारी नष्ट गरेको र गंगा सार्कीकोे ५ कट्टाको धान तथा मकै बारी पूर्ण नष्ट भएको वडाध्यक्ष भट्टले बताए।

तस्बिरहरु

May be an image of 2 people and lumberyard

No photo description available.

No photo description available.

May be an image of 2 peopleMay be an image of grassNo photo description available.

ताजा समाचार

सम्बन्धित समाचार