यूएनको ‘समिट अफ द फ्युचर’मा नेपालको प्रतिनिधित्व गर्दै परशुरामका मेयर जोशी, अरु को को छन् ?

प्रकाशित:

कञ्चनपुर। डडेलधुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशी संयुक्त राष्ट्र संघ (यूएन) ले यस पटक आयोजना गर्न लागेको ‘समिट अफ द फ्युचर’ कार्यक्रममा नेपालका तर्फबाट सहभागी हुने भएका छन्।

उनीसंगै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल र एमालेका युवा नेता अब्दुस मियाँ पनि सोही कार्यक्रममा सहभागी हुनेछन्।

नेपाल सरकारसँगको सहकार्यमा काठमाडौंस्थित यूएनको आवासीय प्रतिनिधिको कार्यालयबाट छनोट गरेर नेपालका यी तीन युवा नेताहरू सम्मेलनका लागि सरकारले न्यूयोर्क पठाउन लागेको हो।

उनीहरू तीनै जनाले समिट अफ द फ्युचरमा नेपाली युवाहरूको प्रतिनिधित्व गर्ने छन्। अहिलेको संकटग्रस्त विश्व परिस्थितिमा आगामी बाटो देखाउनको लागि युएनले उक्त सम्मेलन गर्न लागेको हो।

समिट अफ द फ्यूचर सम्मेलन असोज ६ र ७ मा हुदैछ। नेपालका तर्फबाट युवा नेताको रूपमा यस सम्मेलनमा सहभागी हुन पाउँदा मेयर जोशीले खुसी व्यक्त गरे।

उनले अहिलेको अवस्थामा देखिएका समस्याबारे उक्त सम्मेलनमा स्पष्ट राख्ने र छलफलमा सहभागी हुने बताए।

वर्तमान परिस्थितिका चुनौतीहरूलाई सुरक्षित गर्दै आगामी भविष्यको बाटोलाई फेरि परिभाषित गर्न एकताबद्ध गर्ने यस सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह मेयर जोशीको भनाइ छ।

त्यहाँ सिकेका कुरा आफ्नो स्थानीय तहमा व्यवहारमा लागू गर्ने समेत उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार