मध्यरातमा सुतिरहेको बेला घरभित्र घुसेर महिलाको हत्या

प्रकाशित:

काठमाडौं। बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरकी ३९ वर्षीया मीना थारुको हत्या भएको छ।

गएराति १२ बजेर २० मिटेमा बारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु)ले मीनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुलसीराम अर्यालले बताए।

राति घरमै घुसेर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेपनि मीना घाइते भएकी थिइन्। उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

हत्यापछि फरार भएका शिवप्रसाद थारुलाई प्रहरीले बारबर्दिया नगरपालिका वडानम्बर ५ को सिटीबरेली क्षेत्रबाट पक्राउ गरेको छ। हत्याको कारण भने खुलेको छैन।

ताजा समाचार

सम्बन्धित समाचार