कञ्चनपुर। कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभरका ३५ वर्षीय दीपक सुनार मृत अवस्थामा फेला परेका छन्।

कुतियाकभरस्थित जोगबूढा नदीको किनारमा सुनारको शव भेटिएको प्रहरीले जनाएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ।



