एकल महिला समुह कञ्चनपुरको कार्यालय भवन उद्घाटन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा एकल महिलाको कार्यालय भवन उद्घाटन गरिएको छ । शनिवार मानव अधिकारको लागि महिला, एकल महिला समुह कञ्चनपुरले आफ्नो कार्यालय भवनको उद्घाटन गरेको हो ।

भीमदत्त –५बनखेतमा निर्माण भएको मानव अधिकारको लागि महिला, एकल महिला समुह कञ्चनपुरको कार्यान्वयन भवन उद्घाटन गरिएको हो । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३(१) का सांसद् एवं पुर्वमन्त्री प्रकास रावलले उक्त भवनको उद्घाटन गरेका हुन् ।

मानव अधिकारको लागि महिला, एकल महिला समुह कञ्चनपुरका अध्यक्ष जानकी जोशीको अध्यक्षतामा भवन उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार