कञ्चनपुर: उखुबारीबाट ३५ किलोको अजिङ्गर उद्धार

प्रकाशित:

महेन्द्रनगर । बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट एक अजिङ्गरको उद्धार गरिएको छ। सोमबार साँझ स्थानीयले ३५ किलो तौल र १३ फिट लम्बाइ भएको मध्य ब्रुमाइज पाइथन प्रजातिको अजिङ्गर फेला पारेका थिए। अजिङ्गरलाई उद्धार गरी सिंहपाल सामुदायिक वन क्षेत्रमा सुरक्षित रूपमा छाडिएको छ।

सामुदायिक वनका अध्यक्ष पविराम थारुले दिएको जानकारीअनुसार, अजिङ्गर आहाराको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्छ। वन क्षेत्रमा रहेका तालतलैया र सीमसार क्षेत्रको संरक्षण गरिएपछि अजिङ्गरलगायत अन्य सरिसृपहरूको सङ्ख्या बढ्दै गएको छ।

बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार, स्थानीयको सक्रियतामा अजिङ्गरलाई कुनै हानि नगरी सुरक्षित रूपमा स्थानान्तरण गरिएको हो। यो घटनाले वन्यजन्तु संरक्षणमा स्थानीयहरूको जागरुकता र सहभागिता झल्काउँछ।

ताजा समाचार

सम्बन्धित समाचार