नेपाली कांग्रेसको कानुन विभागमा १० सदस्य मनोनीत

प्रकाशित:

काठमाडौँ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कानुन विभागमा १० जना नयाँ सदस्य मनोनीत गरेका छन्। केन्द्रीय सदस्य मानबहादुर नेपालीको प्रमुखत्वमा रहेका यस विभागमा शुक्रबार विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम यी सदस्यहरू मनोनीत गरिएको हो।

कांग्रेस कानुन विभागमा मनोनीत भएका सदस्यहरूमा शिवराज पाण्डे, कलमबहादुर खत्री, दुर्गाबहादुर सुनार, दीपकराज गौतम, ध्रुव श्रेष्ठ, रामचन्द्र गौतम, खिल गिरी, मन्दिरा शर्मा, अनिलकुमार कर्ण, र शोभा घिमिरे रहेका छन्।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले नयाँ सदस्यहरूको नाम सार्वजनिक गर्दै पार्टीको विधान अनुसार यो मनोनयन गरिएको जानकारी दिएका छन्।

नवमनोनीत सदस्यहरूले कानुन विभागमा पार्टीको नीतिगत निर्णयहरूमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार