दोधारा । ४४ घरपरिवारको बसाई रहेको कुतियाकवर, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० को विकट संगै नेपाल–भारतको सीमा सित जोडिएको बस्ती हो ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुडा नदीको दो–साँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारत सित जोडिएको छ् । बिसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाँउनै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको खासै देखिएका छैनन् । विसं २०७४ मा जोगबुडा नदीमा झोलुङ्गे पुल बनेपछि नगर सित जोडिएको कुतियाकवरमा बर्सेनी जोगबुडा र महाकाली नदीले जमिन कटान गरिरहदा तटबन्ध निर्माणका लागि खासै पहल भएको देखिदैन् ।
कुतियाकवर बस्ती नजिकको जमिन महाकाली नदीले तिब्र कटानी भईरहेको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीका स्थानियबासी टेक बहादुर सुनारले बताउनुहुन्छ् । अहिले सिमा क्षेत्रमा नेपाली भुमी महाकाली नदीले जग्गा कटानी गरेर नदीमा परिणत गर्दै आएको टेक बहादुर सुनारले बताउनुभएको छ् । पुरानो र सानो संख्यामा आफुहरु दशक देखि बसिरहेको भए पनि सुविधाका नाममा सरकारले आफ्नो भूमि बचाउन सक्ने हैसिएत समेत नदेखाएको उहाँको गुनासो छ् । सुनारका अनुसार उत्तर÷पुर्व तिरबाट महाकाली नदीले मात्रै नभई, दक्षिण तर्फ जोगबुडा नदी सीमा नदी बन्ने चुनौती थपिएको छ् । कुतियाकवर सीमा बस्ती करिब ५० बिघा क्षेत्रफलमा फैलिएको छ् ।
महाकाली नदी र जगबुडा नदीको दुवै तर्फ जग्गा कटान हुदा बर्सेनी बस्ती सााघुरिदै गएको छ् । अहिले आएर महाकाली नदीले बस्तीको पुर्व÷दक्षिण दिशा तर्फबाट नियमित जग्गा कटान गरिरहेको छ् । कटानकै कारण सीमा स्तम्भ नं. २२ लामो समय देखि हराएको छ् । कुतियाकवरमा अहिले २१ नम्बर पिल्लर छ् । नदी कटानकै कारण २२ नम्बर पिल्लर भएको ठाँउमा अहिले महाकाली बग्छ् । कुतियाकवर बस्ती पारी सीमामा भारतको बंगाली कलौनी पछर्् । कुनै बेला सीमा र राष्ट्रियताको विषयमा कुतियाकवर देखि कालापानी सम्म अभियान समेत सञ्चालन गरिए पनि अहिले कुतियाकवर बगेर सीमा सर्ने अवस्थामा आउन लाग्दा पनि कोही नबोलेको अर्का स्थानियबासी खड्के बुढाको गुनासो छ् । २०३९ साल देखि आफुहरु बाढीको पिडा झेल्दै आएको खड्के बुढाले बताउनुभएको छ् ।
बस्ती जोगाउन पक्की तटबन्ध निमार्णको माँग राख्दै आएपनि अझै सम्म आफुहरुको माँग सम्बोधन नभएको पिडा रहेको स्थानियबासी बुढाको रहेको छ् । तिनमा झण्डै २ बिघाह जग्गा नदीले कटानी गरेको उहाँको भनाई रहेको छ् । बस्ती संग सीमा जोगाउन नेपाल सरकार सचेत हुनुपर्ने उनिहरुको भनाई रहदै आएको छ् । १ सय ४५ परिवारको बसोबास रहेको कुतियाकवरमा नदी कटानकै कारण अहिले ४४ परिवारमा समेटिएको छ् ।
बाढी आउदा हुने क्षति कम गर्न र तत्काल उद्धार तथा व्यवस्थापनमा स्थानिय सरकार तथा प्रशासन सक्रिय देखिएता पनि दीर्घकालीन रुपमा बस्ती जोगाउने गरी योजना बनाउन नेपाल सरकारको खासै पहल देखिएको छैन् । जग्गा कटानले बस्ती जोखिम मात्रै होईन सीमाको माटो पनि दिन दिनै नदीले बगाउदै जाँदा भुमी अतिक्रमण हुने त्रास बढेर गएको छ् ।