काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर क्षेत्रमा गत असार २३ र २४ गते ‘क्लाउड बर्ष्ट’ (आरीघोप्टे वर्षा) भएको निष्कर्ष निकालेको छ ।
विभागका मौसमविदको टोलीले स्थलगत अध्ययन, तीन स्थानका वर्षा मापन केन्द्रका उपकरण जाँच र सो दिनको वायुमण्डलको समेत अवस्था विश्लेषण गरी ‘तराई क्लाउड बर्ष्ट’ अर्थात् आरीघोप्टे वर्षा भएको निष्कर्ष निकालेको हो ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले भने, ‘एउटा केन्द्र (हनुमाननगर) मा एक घण्टामा १०२ मिलिमिटर वर्षा मापन भएको छ ।
सामान्यतया क्लाउड बर्ष्ट भन्नाले एक घण्टामा १०० मिलिमिटरसम्म वर्षा भएको मानिन्छ । त्यस अनुसार क्लाउड बर्ष्ट भएको भनेका छौं ।’
असार २३ गते बिहान ८ः४५ बजेदेखि २४ गते बिहान ८ः४५ बजेसम्मको २४ घण्टा अवधिमा दोधाराको स्वचालित वर्षामापन केन्द्रमा ६२४ मिलिमिटर कूल वर्षा रेकर्ड भएको थियो ।
यो जल तथा मौसम विज्ञान विभागको विक्रम संवत् २००३ ९सन् १९४७० देखि उपलब्ध तथ्यांक अनुसार नेपालमा हालसम्म मापन गरिएकोमध्ये सर्वाधिक वर्षा हो ।
यसअघि २०७४ साल साउन २९ गते ९सन् २०१७ अगष्ट १३० मा हेटौँडा केन्द्रमा सबैभन्दा धेरै ५१६।२ मिलिमिटर वर्षा मापन भएको थियो ।
यसैगरी भूसंरक्षण विभागको तथ्यांक अनुसार २०५० साल साउन ५ गते ९सन् १९९३ जुलाई २०० मा मकवानपुरको टिस्टुङमा ५४० मिलिमिटर वर्षा मापन भएको थियो । त्यसको ३१ वर्षपछि कञ्चनपु्रमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको हो ।