–चाँदनी। कञ्चनपुरको दोधारा चाँदनीमा उपचारकाक्रममा एक शिशुको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् ।
बुधबार दोधारा चाँदनी नगरपालिका–४ का ६ महिने शिशु रवि चन्दको मृत्यु भएको हो । शिशुलाई ज्वरो आएपछि घर परिवारले उपचारका लागि स्थानीय मेडिकल आरोग्य मेडिकेयर एण्ड डायनोस्टिक सेन्टरमा लगेका थिए ।
मृत्यु भएका शिशुका घर परिवार आफन्तले लार्पबाहीका कारण बालकको मृत्यु भएको भन्दै छानबिनको माग अघि सारेका छन । ईप्रका दोधाराचाँदनीमा पुगेका मृतक पक्षका आफन्तले न्यायको माग अघि सारेका छन ।