महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरिएको छ ।
सोमवार सेवा आयोगले आन्तरिक प्रतियोगिता द्वारा स्थायी गर्नका लागि विज्ञापन आह्वान गरेपछि विश्वविद्यालयका छ वटा प्राध्यापक सङ्घहरूले सेवा आयोगमा अनिश्चित कालिन तालाबन्दी गरेका हुन ।
प्राध्यापक सङ्घहरूले सेवा आयोगले आन्तरिक प्रतियोगितामा केन्द्रीय क्याम्पसलाई छुटाएको भन्दै तालाबन्दी गरेको बताएका छन् ।
यस अघि पनि विश्वविद्यालय सेवा आयोगको कार्यालयमा आङ्गिक क्याम्पसमा प्राध्यापकदेखि कर्मचारीको समायोजनको माग गर्दै ताला लगाइएको थियो ।
उक्त मुद्दा अदालतसम्म पुगेको थियो । अदालतको फैसलाले विज्ञापन खोल्ने बाटो खुलेपछि सेवा आयोगले आन्तरिक विज्ञापन खोले पनि केन्द्रीय क्याम्पस छुटाएको भन्दै प्राध्यापक सङ्घहरूले विरोध जनाएका हुन ।