एसईई परीक्षा २०८० मा इन्टरनेशल पब्लिक स्कुलबाट उत्तीर्ण भएका विद्यार्थीहरुलाई नगद सहित सम्मान

प्रकाशित:

कञ्चनपुर । महेन्द्रनगर स्थित इन्टरनेशल पब्लिक स्कुलले २०८० को एसईई परीक्षमा उत्तीर्ण भएका छात्राछात्रलाई नगद सहित सम्मान गरेको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम गरी विद्यार्थीलाई सम्मान गरिएको हो ।कार्यक्रममा विद्यार्थीहरुलाई टिका र खादा लगाएर नगद पुरस्कार प्रदान गरिएको छ । इन्टरनेशनलबाट एसईईमा उत्कृष्ठ नतिजा सहित १ सय २४ जना उत्तीर्ण भएका हुन् । सोमित कार्कीले सबैभन्दा बढी ४ जीपीए ल्याएका छन् । उनलाई नगद ५० हजार पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. पन्तले एसर्र्ईई उत्तीर्ण सबै विद्यार्थीलाई बधाई दिँदै उज्जवल भविष्यको कामना गरे । उनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी लोक सेवा आयोगका परीक्षा र अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययनका लागि छात्रबृृत्तिमा छनौट हुन सफल भएको बताए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष लिलाध्वज वस्नेतको अध्यक्षतामा कार्यक्रम गरिएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलति प्रा. डा. अम्मराज जोशी, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, विद्यालय सञ्चालक समितिका अध्यक्ष बस्नेत, व्यवस्थापन समितिका अध्यक्ष गौराज बहादुर लिम्बु, प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट, वरिष्ठ पत्रकार चित्राङ्ग थापा लगायतले विद्यार्थीलाई सम्मान गरे ।

कार्यक्रममा विद्यार्थीहरुसंगै अभिभावकहरुलाई पनि सम्मान गरिएको छ । विद्यालयका सर्वोत्कृष्ठ विद्यार्थी कार्कीले कार्यक्रममा आफ्नो मन्तव्य राखे । भीमदत्त नगरपालिका ६ ऐठपुरका हुन् । उनी सूचना प्रविधि विषयमा उच्च शिक्षा अध्ययन गर्न लागेका छन् ।

कार्यक्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलपति जोशी, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, वरिष्ठ पत्रकार चित्राङ्ग थापा, प्याब्सन अध्यक्ष अमराज भट्ट, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गणेशराज बोहरा लगायतले शुभ कामना मन्तव्य राखे ।विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्ट विद्यार्थीहरुलाई बधाई ज्ञापन गरे ।

कार्यक्रममा विद्यालयका शिक्षक नागेन्द्र कलौनीलाई पनि सम्मान गरियो । कलौनी राष्ट्रिय शिक्षा पुरस्कार २०८० सम्मानित भएका थिए ।विद्यालय सञ्चालक समितिका अध्यक्ष वस्नेतले विद्यार्थीहरुलाई नैतिकवान, इमान्दारी र राष्ट्रका लागि केही गरेर देखाउनु पर्ने सुझाव दिए ।

विद्यालयका शिक्षक कृष्णराज जोशीले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा त्रिभुवन विश्वद्यिालयका प्राध्यापकद्वय डा. आनन्द शर्मा, डा. फणिन्द्र उपाध्यय, भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, विद्यालय व्यवस्थापन समितिका सदस्य, विद्यार्थी, शिक्षक, कर्मचारी सहभागी भए ।

कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । इन्टरनेशल सुदूरपश्चिममा सात पटक उत्कृष्ठ हुने विद्यालय हो । इन्टरनेशनबाट यस अघि सुभास लामिछाने नेपाल दोस्रो भएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार