गड्डाचौकीमा चेकिङ आतंक, भित्रिएनन् पर्यटक, गृहमन्त्रीलाई कञचनपुर आउन व्यावसायीको अनुरोध

प्रकाशित:

महेन्द्रनगर । गड्डाचौकीमा सुरक्षाकर्मीको चेकिङ आतंक बढेपछी कञ्चनपुरका व्यावसायी तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंग बहादुर मल्लले बोडरलाई सुक्ष्म तरिकाले अनुगम गरिदिन गृहमन्त्री रमेश लेखकलाई अनुरोध गरेका छन् ।

पछिल्लो समय सुरक्षा तथा प्रशासनको चेकिङ आतंक तथा किचलोको कारण सिमाको शान्ति सुरक्षा अमनचयनमा बाधा उत्पन्न भएको हुदा सिमानाकालाई अनुगमन गरी पुनरावुद्धि गर्दिन अनुरोध गरेका हुन ।

मल्लले नव नियुक्त गृहमन्त्रीलाई बधाई दिदै कञ्चनपुर जिल्ला गृहमन्त्रीको गृह जिल्ला भएको हुदा पछिल्लो समय सिमामा सुरक्षाको लागि खटिने नेपाल प्रहरी, तथा सशस्त्र प्रहरीको आपसी द्धन्द्धका कारण आन्तरिक तथा बाह्रय पर्यटकहरुले निकै दुखं पाउने गरेको हुदा यो समस्यालाई मध्यनजर गर्दै समस्या समाधानको लागि कञ्चनपुर आई सिमानाका अुगमन गर्दिन अनुरोध गरेका हुन ।

मल्लले गड्डाचौकी सिमानाका भौगोलीक विकटताको हिसाबले पिछडिएको नाका भएको बताए । गत विगतका दिनहरुमा सशस्त्र पहरी,नेपाल प्रहरी, र भन्सार कर्मचारीले ब्यारियलमा सयुक्त रुपमा डियुटी गरेका थिए तर पछिल्लो समय प्रहरी भाई, सशस्त्र प्रहरी भाई, र भन्सार कर्मचारी दाईहरुको अंश बन्डा नमिलेपछि सशस्त्र प्रहरीका सात र नेपाल प्रहरीका चार भाई भई गड्डाचौकी देखि महेन्द्रनगर बजार सम्म ५ किलोमिटरको दुरीमा दश देखि एघार ठाँउका चेकजाँचले सर्बसाधारले निकै सास्ती खेप्नु परेको बताए ।

पश्चिमी सिमानाका गडचौकी छिमेकी देश भारतको उत्तराखन्डसंग निकै नजिक भएको हुदा भारतको जुनसुकै स्ताथाबाट आउने पर्यटकहरुलाई यो नाका बाट आवत–जावतमा निकै सहज हुने गरेको थियो । तर पछिल्लो समय पचास पचास मिटरको दुरीमा चेकिङ्गका नाममा सर्बसाधारणले हैरानी खेप्नु परेको त्रासले गर्दा आन्तरिक तथा बाह्रय पर्यटक भित्रिन नपाउदा पश्चिमी नाका सुकेको बताए ।

हिजोका दिनहरुमा तिनवटै निकाय सयुक्त चेकिङ गरेको ठाँउमा अहिले सुरक्षा निकायले भाडिदा कतै आर्थीक प्रलोभनको कारण यो समस्या सिर्जना भएको त होईन कि ? भन्ने आम मानिसको बुझाई रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार