प्रधानमन्त्री ओली भन्छन्– देशको अवस्था सन्तोषजनक छैन

प्रकाशित:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको वर्तमान अवस्था सन्तोषजनक नरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा आयोजित ६२औं इन्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

“देशको वर्तमान अवस्था सन्तोषजनक छैन, खुसी हुनुपर्ने खाले छैन,” प्रधानमन्त्री ओलीले भने, “इतिहास गौरवपूर्ण छ ।

भविष्य उज्ज्वल छ । तर, अहिलेको अवस्थाचाहिँ सन्तोषजन छैन । यसलाई बदल्नैपर्छ । त्यसमा सरकार कटिबद्ध छ ।”
उनले इन्जिनियरहरू पनि देश निर्माणमा उच्च नैतिक मनोबलका साथ लाग्नुपर्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार